

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, देशभर थप १ सय ३३ जना संक्रमित

काठमाडौं । स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–११ स्थित ८५ वर्षीया महिलाको बिहान ६ बजे निधन भएको स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मुटुसम्बन्धी रोग भएकी उनको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको जनाइएको छ ।
यससँगै नेपालमा लगातार तेस्रो दिन कोरोनाबाट मृत्यु हुने संख्या थपिएको छ । यसअघि बुधबार २ जना र बिहीबार १ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको उनले बताए ।