

गण्डकी, लुम्बिनी र बागमतीमा अझै तीन दिन भारी वर्षा हुने, यस्तो छ माैसमको पूर्वानूमान

काठमाडौं । पछिल्लो समयमा नेपालमा सक्रिय रहेको मनसुनका कारण केही दिनयता लगातार पानी परिरहेको छ।
मंगलबार मनाङ र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षाका कारण बाढी आएर ठूलो भौतिक क्षति पनि भएको छ।
मौमस पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अझै एक–दुई दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महशाखाले मंगलबार हाल विशेष बुलेटिन जारी गरेको भनेको छ यी तीन प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुने जनाएको थियो।
महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने क्रम अझै एक-दुई दिन रहनेछ।
देशका अरू भू-भागमा पनि पानी पर्ने क्रम भने जारी रहनेछ।यस्तो छ तीन दिनको मौसम पूर्वानुमानः
२०७८ असार २ गते (बुधबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
२०७८ असार ३ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
२०७८ असार ४ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।