चिरञ्जीवीले ल्याए ‘बदमास’ सार्वजनिक

काठमाडौं । गायक चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ सार्वजनिक भएको छ । संगीत गुरु राम सिटौलाको सभापतित्व एवं वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा ‘बदमास’लाई सार्वजनिक गरिएको हो ।

कार्यक्रममा विशेष अतिथि वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा, इन्द्रावती गाउँपालिका वडा नं. १० का अध्यक्ष जीवन कुमार थापा मगर, एडभेन्चर स्टार गौतम खातीलगायते उपस्थिति थिए । गीत सार्वजनिकपछि अतिथिहरुले गायक भण्डारी र मोडल दिपेन्द्र सोनामको प्रशंशा गर्दै सफलताको शुभकामना दिएका थिए ।

चिरञ्जीवीले आफूले पुराना मोडलहरुलाई भिडियोमा खेलाउँदा एकपटक पनि सेयर नगरिदिएको हुँदा नयाँसँग काम गरेको बताए । नयाँलाई अवसर दिए भोली ठूलो कलाकार बन्नेछ भन्ने उद्देश्यले दीपेन्द्र सोनामलाई लिएको बताए । भिडियोमा दिपेन्द्र सोनाम र सोनिका रोकायाको रोमान्स रहेको छ ।

विमोचनसँगै मोडल दिपेन्द्र सोनामको जन्मदिन परेकोले गायक भण्डारीले सरप्राइज रुपमा केक काटेर जन्मदिन मनाइदिएका थिए । जन्मदिन मनाइसकेपछि मोडल दिपेन्द्र सोनामले आफूलाई बदमास गीतमा मोडलिङ गरेपछि सफलता र सन्तुष्टि मिल्ने बताएका थिए ।

बदमास गीतलाई भीम बिसीले संगीत भरेका छन् भने विक्रम सुन्दासको शब्द रहेको छ । पुष्कर सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई भने दिलिप अखेडाले निर्देशन गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

कार्यक्रममा गीतको अडियो भिडियोसँग सम्बन्धित स्रष्टा एवं कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो भने संगीत गुरु राम सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम पत्रकार तथा गीतकार सुमन बैरागीले संचालन गरेका थिए । यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *