मनमोहन स्मृतिदिवसः साँचो अर्थका ‘बा’ मनमोहन !



 

देशका सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीलाई म यतिकै सम्मान गर्दछु।उन्ले गरेका केही गलत कार्य जस्तै संसद बिघटन र ऑफ्ना नजिक रहेका केही तुच्छ र भ्रष्ट मानसिकता बोकेकाहरूलाई कारबाही नगर्ने बाहेक उन्ले अन्य कार्यहरू यस्तो विषम् परिस्थितिमा पनि गर्दै आईरहेका छन्।

भए सम्म नजिक को साईनो जोड्ने नत्र गोरू बेचेको नातानै जोडेर भए पनि बोल्ने बोलाउने त हामी नेपालीहरूको संस्कार नै हो ।जुन कारणले एक आपसमा नजिक हुन हुने नहुने कामहरू सहज तरिकाले गर्न गराउन देखि सामाजिक सद्भाव राख्न समेत निकै सहयोगी हुन्छ।

राजनैतिक पार्टी पनि समाज कै एक हिस्सा हो तेसैले होला पार्टीभित्र पनि नाताले बोलाउने नाता जोड्ने चलन निकै छ । देशको दोस्रो ठुलो दल नेपाली कांग्रेसमा त यो चलन बिपी कोईरालाका पालादेखि हालसम्म चलिआएको छ। नाता या उमेरले नाती पनाती सम्मले सान्दाजु, शेर बहादुर दाई, रामचन्द्र दाई  सुजाता दिदी भनि सम्बोधन गर्ने चलन निकै छ । यीनीहरूले एक आपसमा गर्ने सम्बोधन सुन्दा लाग्छ कि सॉच्चै यीनीहरू एकै कोखका सन्तान हुन्।

हालको सत्तासिन पाटी नेकपा एमाले ऑफुलाई क्रान्तिकारी धार सबै समान हौं भन्ने सिद्धान्त बोकेको ठानेर नाताभन्दा पनि सबै समान हौं भन्ने र साथित्व बोध हुने खाले सम्बोधन ‘कामरेड’ भनेर नाता जोड्दै मुट्ठी कस्ने चलन थियो। जुन सम्बोधन हाम्रो नेपाली रिति रिवाज र संस्कार संस्कृति भन्दा अलि नै पृथक थियो। तर, पछिल्लो समय नेकपा पनि बिशेषत एमाले धारले ऑफुले प्रिय ठानेको नेतालाई ‘बा’ को नाता या सम्बोधनले बोलाउने चलन निकै चल्दै आएको छ। अझ देशका प्रधानमन्त्री केपी शर्मा ओली, नेता बामदेव गौतम इत्यादिलाई ‘बा’ भन्ने जमात त पार्टीभित्र निकै ठुलो छ।

बा ऑफैमा अति गर्भिलो र वजनदार शब्द हो। जुन उच्चारण गर्दा मात्रै पनि ऑफुलाई सुरक्षित ठान्न सकिन्छ मेरो शीरमा हात राख्ने अनि मलाई पाईला थाम्ने कोही छ भन्ने भाव हुन्छ।

नातामा बा अनि दाईको भुमिका निकै ठुलो र महत्वपूर्ण हुन्छ। बाको स्थान जब बा रहनु न्न तव दाईले लिने गर्नुहुन्छ यो हामी नेपालीहरूको संस्कार र आदर हो।

प्रसंग  राजनैतिक पार्टी मा बोलाईने ‘बा’ सम्बोधन तिर जाउ, देशका प्रधानमंत्री केपी ओलीलाई ‘बा’ भन्नेहरू त शायद पाटीका तेस्रो पुस्ताका अधिकांश युबा जमातहरू छन् होला। जुन सम्बोधनले कामरेड भन्ने सम्बोधन लाई पुर्णरूपमा विस्थापित गर्न तिर अग्रसर छ।जुन नेपाली  कांग्रेसमा पनि दाई सम्बोधनको शब्द जस्तै ट्रेडमार्क नै लिदै छ जस्तो भान पर्छ।

यहॉ मनमा उब्जिन सक्छ पाटीका युवापंक्तिले माया र सम्मानले सम्बोधन गर्ने बा शव्द र बा नाताको अस्तित्व, जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्युले पुर्णरूपमा पालन गर्ने जिम्मेवारी बहन गर्नेसम्मको काम भएको छ त ? कि केवल सम्माननीयज्युका अलि नजिक हुने छोरा महेश बस्नेत, छोरा गोकुल बास्कोटा, छोरा सुर्य थापा मै मात्र सिमित छ ?

के सम्माननीयज्युले ऑफ्नो बा नाताको दायित्व पुर्णरूपले सबै छोरा छोरीहरूप्रति पालन गर्नु भएको छ त ? के केपी बाले सबै सन्तानप्रति कुनै भेदभाब द्वेष रिस राग नराखी समान रूपले कर्तब्य पालना गर्नु भएको छ त ?

 


बाले सन्तानलाई दिने माया कर्तब्य र निर्देशन कुनै मुल्य र एकाईमा नाप तौल गर्न मिल्ने र सकिने कुरो पनि होईन । रकमका हिसावमा त बाको माया जोखिने कुरै भएन । रकम जति दिए पनि बाले दिएको भनेपछि पक्कै ठुलो हुन्छ र सन्तानको जिम्मेवारी भनेको बाले जग बसाएको, बाले बीउ रोपेको लाई बढाउने हुर्काउने थपथाप गर्ने हेरचाह गर्ने नै हुन्छ।


 

 

देशका प्रधानमन्त्री कर्तब्य र जिम्मेवारीका हिसाबले समग्र देशवासीका बा समान का पक्कै हुन्छन् र बा कै हैसियतमा काम कारबाही गर्नु पर्ने हुन्छ ।जनताको सुख दुख रोग भोक शोक सबै बेलामा समान रूपले बिना भेदभाव बिना रिस राग जनताहरूलाई सेवा सुविधा प्रदान गर्नु पर्ने हुन्छ, जुन कर्तब्य पुरा भएको छ छैन यो अहिले तड्कारो रूपमा खड्किने बिषय हुन सक्छ। यहॉनिर हामीले देशका प्रधानमंत्रीले सबै जनतालाई समान रूपमा समान अबसर समान अधिकार प्रदान गरेर सॉच्चै बाको हैसियतमा जिम्मेवारी र कर्तव्य पालना गर्न सकुॅन् न कि केवल उन्का नजिक भएकै भरमा माथी उल्लेखित नाम वा  इत्यादिहरूको मात्रको बा बनेर अन्यहरूलाई भेद्भाब छेड़खानी र द्वेष ।

बा कै प्रसंगको बेला अचानक देशका एक ईमानदार राजनेता तथा पुर्ब प्रधानमंत्री मनमोहन अधिकारीको सम्झना अचानक आयो जस्को आज २२ औ शतवार्षिकी पनि हो।

श्रद्धेय नेता मनमोहन अधिकारी लामो राजनितिक जीवनको दौरानमा पनि निकै छोटो अवधि देशको कार्यपालिकाको  सर्वोच्च स्थानमा बस्न रहन पाउनु भयो । तर उहॉ अबधिका कारण लामो समय देशको जिम्मेवार पदमा बा को हैसियत लिएर बस्न नपाए पनि जनता प्रति सॉचो अर्थमा बाले गर्नु पर्ने केही अति जरूरी नियम, काम, भावना र बाटोहरू देखाएर जानु भयो जुन आजसम्मको लागी मात्र नभएर सधै सधै भावी सन्ततिहरूले पछ्याएर हिड्ने छन्।

मनमोहन अधिकारी जति दिन बाको रूपमा देशको प्रधानमंत्री बनेर बस्नु भयो उहॉले  न त उमेर उ त लिङ्ग धर्म जात न कुनै बर्ण न ऑफ्नो छिमेकी या टाढाको कुनै कुरा नहेरी समान हैसियतको जिम्मेवारी र कर्तव्य पुरा गर्नु भयो।

बाले सन्तानलाई दिने माया कर्तब्य र निर्देशन कुनै मुल्य र एकाईमा नाप तौल गर्न मिल्ने र सकिने कुरो पनि होईन । रकमका हिसावमा त बाको माया जोखिने कुरै भएन । रकम जति दिए पनि बाले दिएको भनेपछि पक्कै ठुलो हुन्छ र सन्तानको जिम्मेवारी भनेको बाले जग बसाएको, बाले बीउ रोपेको लाई बढाउने हुर्काउने थपथाप गर्ने हेरचाह गर्ने नै हुन्छ।

माथी भने जस्तै आज श्रद्धेय मनमोहन अधिकारीको बार्षिक स्मृतिदिवस पनि रहेकै बेला उहाँले गर्नुभएका केही बाको माया बोध हुने काममध्ये एक वृद्ध भत्ता प्रदान गर्ने उक्त समयको निर्णयको धेरै याद आयो। उक्त कार्यक्रम त्यस वेलामा रकमका हिसावले निकै सानो जस्तो भए पनि समय मान्छेको भावना चाहाना र आसा प्रति करोडौ मुल्य बराबरको रह्यो र हाल पनि रहँदै आएको छ।

उहॉले थालनि गर्नु भएको उक्त कार्यक्रमले न त जात न धर्म न धनि गरिब न उमेर न लिङ्ग कुनै पनि भेदभाब नगरी दुखको बेला आफ्नो पटुकाको टुप्पाबाट झिकेर औषधीमुलो, खाना–दाना किन्न खान र उमेर अनुसार आसा गरेर बस्ने बेलामा मेरो पनि कहि कतैबाट आउने ठॉउ छ है भनेर ढुक्क हुने अबस्था गराई दियो । जुन दूरदराजदेखि राजधानीमै रहनेहरूका निम्ति पनि अति नै मुल्यबान हुन पुगेको छ ।

छोटो समय सासन सत्तामा नरहेर पनि कहि कतै कसै प्रति भेदभाब द्वेष रिस राग छलकपट नगरि सबैमा समान हैसियतमा प्राप्त हुन सक्ने किसिमको सेवा सुविधा र अधिकार प्रदान गर्नु नै सॉचो अर्थमा ‘बा’ को कर्तव्य र जिम्मेवारी हुन्छ जुन श्रद्धेय अधिकारीले पुरा गर्नु भयो।उहॉले थालनि गर्नु भएको कार्यले आज चोक पाटी या मन्दिर तथा आश्रममा बस्ने असी नब्बे बर्षका बाहरू, उमेर छदै आफ्नो जीवन साथी गुमाएका महिला दिदी बैनी आमाहरू शारीरिक रूपमा असक्त भएका र हुनु परेकाहरू सबैका समान हैसियतमा ‘बा’ बन्न सफल हुनु भएको छ।

आजको दिन श्रद्धेय मनमोहन ‘बा’ प्रति हार्दिक श्रद्धाञ्जली । अनि हाल देशको शासन सत्ता सम्हालेर ‘बा’को हैसियतमा रहनुभएका देशका प्रधानमन्त्री मेरो देशका कार्यकारीप्रति केही सिमितहरूको मात्र ‘बा’ नबनेर सॉचो अर्थमा सबेको ‘बा’ बनिदिनु हुन अनुरोध पनि।