

सेयर बजारमा भारी गिरावट, ६ अर्ब ४८ करोड ६७ लाख बढिको कारोबार

काठमाडौं – आज सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५ सय ०६.६१ को बिन्दुमा पुगेको छ । यसअघि २७ सयको बिन्दु नाघेको सेयर बजार निरन्तर ओरालो लागेर २५ सयको बिन्दुमा पुगेको हो ।
यस्तै, सेन्सेटिभ परिसूचक ११.२५ अंकले घटेर ४५२.७९ को बिन्दुमा पुगेको हो । कूल २२० कम्पनीको एक करोड २६ लाख २१ हजार ९६४ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४८ करोड ६७ लाख १३ हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । बजार भारी अंकले घट्दा अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ३१ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको सर्वाधिक कारोबार भएको छ । विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउँदा रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।