

१६ गते मध्यरातीदेखि उपत्यकामा यातायात ठप्प पार्ने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा १६ गते मध्यरातीदेखि निजी तथा सार्वजनिक यातायात ठप्प पार्ने निर्णय भएको छ।
सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी – सिडिओ)हरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। यसबाहेक रेष्टुरेन्ट र होटलले टेक अवे सेवा मात्र दिन पाउने निर्णय भएको छ।
सिडिओहरूको बैठकले अत्यावश्यक खाद्यान्नलगायत किराना पसलबाहेकका अन्य पसल र बजार क्षेत्र पनि बन्द गराउने निर्णय गरेको छ।