कोरोना देखिएपछि चापाकोट नगरपालिका अत्याश्वयक सेवा बाहेक बन्द

स्याङ्जा । चापाकोट नगरपालिका अत्याश्वक सेवाबाहेक अन्यका लागि बन्द गरिएको छ । कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमण फैलिदै गएपछि चापाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। केही दिनअघि भारत भम्रण गरी फर्किएकासहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिका भित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरिएको हो।

चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमारी गिरीद्धारा बुधबार दिउँसो जारी प्रेस विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस दोस्रो चरणको संक्रमण चापाकोट नगरपालिकामा पनि देखिएकाले आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको उल्लेख छ।

कोरोना संक्रमण समुदायस्तरमा समेत फैलन सक्ने जोखिम देखिएकाले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र उच्च सतकर्ता अपनाउन नगरवासीमा अनुरोध गरेको छ।

संक्रमणको जोखिम न्यूनिकरण गर्न नगरकार्यापालिका कार्यालय, वडा कार्यालयबाट हुने सम्पूर्ण सार्वजनिक सेवा, शैक्षिक संस्थाका पूर्वनिर्धारित परीक्षा तथा शैक्षिक कार्यक्रम बाहेक सबै शैक्षिक गतिविधि, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने अत्यवाश्यक बाहेकका सबै सेवा वैशाख १३ गते सोमबारसम्म बन्द हुने चापाकोटले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *