

नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा, दोहोरो अंकको वृद्धि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको हो ।
यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.२१ अंकले बढेर ४७६.६० अंकमा पुगेको छ । यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबार भएकोमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर खरिद विक्रि भएका छन्।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयरले सकारात्मक सर्किट लागेको छ भने, यता हिमालयन उर्जाको सेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ ।
त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर, मन्जुश्री फाइनान्स, मिल दोलखा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स, रिडी हाइड्रोपावरको सेयरमूल्य २ प्रतिशत भन्दा बढिले घटेको छ ।