

सफल अभिनेत्री तप्सीकाे असफलता, यस्ताे पनि…

मुम्बई – कुनै बेला निर्देशकले नराम्री भनेर फिल्मबाट निकालिएकी बलिउड अभिनेत्री तप्सी पन्नु वक्स अफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छन्।
एक वर्षको अवधिमा रिलिज भएका तप्सीका पाँच सिनेमाले वक्सअफिसमा ३ सय ५२ करोड भारू कमाइ गरेपछि उनी बलिउडको सबैभन्दा सफल अभिनेत्री बनेकी हुन्।
एक वर्षको अवधिमा तप्सीले ‘मिसन मंगल’ ‘गेम ओभर’, ‘बदला’,’साड की आँख’ र ‘थप्पड’ गरी पाँच सिनेमा रिलिज भएका थिए। यी पाँचै सिनेमाका लागि तप्सीले समीक्षक र दर्शकबाट राम्रो तारिफ बटुलेकी छन्।
लगत्तै तप्सीको हात हाल ‘रश्मी रकेट’ र ‘हसिन दिलरूबा’ जस्ता सिनेमा पाइन। भारतीय अनलाइन पिंकभिल्लासँग कुरा गर्दै उनले सुरुवाती दिनमा धेरै दुख गरेको बताएकी छिन् ।
आफ्नो स्कीन म्याच नगरेको भन्दै डाइरेक्टरले पटक पटक फिल्मबाट निकालेकाे सम्झदै अहिले सफलता पाएकोमा खुशी व्यक्त्त गरेको छिन् । पछिल्लाे समय तप्सी पारिश्रमिक निर्धारणमा लैगिकता प्रधान हुन नहुनेमा पक्षमा बाेल्दै आएकी छन् । एजेन्सी