

१७ अंकले बढ्याे नेप्से, एनआईसी एशिया बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं – आज नेप्से उकालो लागेकोे छ । सोमबार ०.६४ प्रतिशत अर्थात १७.२ अंकले बढेर २६ सय ९१ दशमलव ५५ उच्च विन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले बढेर ४८० विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज २१६ कम्पनीको ८० हजार ९५९ पटक कारोबार भएर ७ अर्ब ६१ करोड ८२ लाख ८ हजार ५० रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर खरिद विक्रि भएको छ ।
सोमबार सबैभन्दा धेरै एनआईसी एशिया बैंकको २५ करोड भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी नबिल बैंकको २४ करोड ४२ लाख भन्दा धेरैको कारोबार भएको छ । आज ६ उपसमुहको परिसुचक घटेका छन् ।