

पत्रकार महासंघ निर्वाचनः काठमाडाैं शाखामा सुवेदी प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् ।
सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष ९खुल्ला०मा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् । सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।
त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनुवार रहेका छन् ।
बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।
कसले कति मत पाए ?