

उपत्यका प्रदेशमा झा प्यानलको जीत, सचिवमा पाण्डे विजयी

काठमाडौं । नेपाल पत्रकारको महासंघको उपत्यका प्रदेशमा श्रीजन झाको प्यानल विजयी भएको छ ।
बुधबार सम्पन्न महासंघको निर्वाचनको उपत्यका प्रदेशअन्तर्गतको मतगणतना बिहीबार साँझ सम्पन्न भएको थियो । मतपरिणामअनुसार झा नेतृत्वको प्यानलको १६ जना नै निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका र खुल्ला सचिवमा रोशनराज पाण्डे विजयी भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । त्यस्तै सचिव समावेशीमा अमर भुजुले जित हात पारेका छन् ।
सदस्यहरुमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्रप्रसाद न्यौपाने, विष्णु कुमार गिरी, रमाकुमारी न्यौपाने (आर्ज्या) र विधुर ढकाल विजयी भएका छन् ।
त्यस्तै आदिवासी जनजाति सदस्यमा अर्जुन तामाङ र रत्नकृष्ण श्रेष्ठले जित हात पारेका छन् भने दलित सदस्यमा सुशील दर्नाल विजयी भएका छन् ।