कुवेतमा एक वर्षपछि कम्पनी परिवर्तन गर्न सकिने



दोहा – कुवेतमा साना तथा मझौला कम्पनीहरुको भिसा एक वर्षपछि अर्को कम्पनीमा परिवर्तन गर्न सकिने भएको छ । कुवेतको वाणिज्य तथा उद्योग मन्त्री डा. अब्दुल्ला अल-सलमानले अबदेखि तीन वर्षको सट्टा वर्क परमिट (भिसा) जारी गरेको एक वर्षपछि साना र मझौला कम्पनीहरुमा कार्यरत विदेशी श्रमिकहरुले कम्पनी सजिलै परिवर्तन गर्न सक्ने आदेश जारी गरिएको बताए ।

निर्णयले नियोक्ताको अनुमोदन तोकेको थियो, सर्तहरू र नियन्त्रणहरू कानुन नं ९ को २०१६ मा साना र मध्यम उद्यमहरूको मालिकहरूको लागि कार्य नियन्त्रणको बारेमा कोभिड -१९ संकटको सामना गर्न राज्यको सावधानी अपनाउने उपायहरू र श्रम बजारमा पार्ने प्रभावको समीक्षा गरेपछि यस्तो निर्णय लिएको मन्त्री डा. अल-सलमानलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

जनशक्तिको लागि सार्वजनिक प्राधिकरणका महानिर्देशक अहमद अल-मौसाले यस विषयमा डा. अल-सलमानलाई एउटा प्रस्तुतीकरण गरेका थिए । जसको निर्णय सार्वजनिक हितमा रहेको महानिर्देशक अल-मौसाले बताए ।

यसघि कुवेतमा तीन वर्ष पूरा गरेपछि मात्र कम्पनी परिवर्तन गर्न सक्ने नियम थियो । कुवेत सरकारको यो निर्णयसँगै नेपाली श्रमिकहरु पनि फाइदा पुग्ने बिश्वास गरिएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।