

‘ह्यारी पोर्टर’ ५४ वर्षका अभिनेता पलको निधन

लण्डन – सन् २००९ मा रिलिज फिल्म ‘ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का ब्रिटिस अभिनेता पल रिटरको निधन भएको छ । उनी पछिल्लो समयमा ब्रेन ट्युमरको बिरामी थिए ।
एबीपी लाइभमा प्रकाशित समाचार अनुसार उनी ५४ वर्षका थिए । उनको प्रतिनिधिले निधनको पुष्टि गरेका छन् । फिल्म ‘ह्यारी पोर्टर’मा विजर्ड एल्डरेड बोर्पलेको भूमिका निभाएका कारण पलले निकै तारिफ पाएका थिए ।
उनको परिवारमा पत्नी पोली र छोराहरु फ्रैंक र नोआह छन् । उनले सन् २००८ मा रिलिज जेम्स बोण्ड फिल्म ‘क्वेन्टम अफ सोलस’मा पनि अभिनय गरेका थिए ।
उनको जन्म डिसेम्बर २०, १९६६ मा ग्रेवसेण्ड केंटमा भएको थियो । उनको बाल्यकालको नाम साइमन पल एडम्स थियो । उनको पिता केन एडम्स कैयौं बिजुली स्टेसनमा एक टूलमेकरका रुपमा काम गर्थे ।