नेपालमा इतिहास रच्दै ‘सेन्मी’ सार्वजनिक



काठमाडौं – गायन रियालिटी ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुगेका गायक विशाल राईको पहिलो एलबम ‘सेन्मी’ सार्वजनिक भएको छ ।

कोभिडको बढ्दो संक्रमणका कारण प्रविधिलाइ सदुपयोग गर्दै म्यूजिक नेपालकै इतिहासमा पहिलोपटक भर्चअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा एलबम सार्वजनिक गरिएको हो ।

संगीतकार शुभबहादुर सुनाम, संगीतकार सुरेश अधिकारी, गायक एवं म्युजिक नेपालका विजनेस हेड राजीव लोहनी र गायक विशालले संयुक्त रुपमा एलबम सार्वजनिक गरे ।

पाँच गीत रहेको एलबमममा सुरेश अधिकारीको एकल शब्द र संगीत तथा महाराज थापाको एरेन्ज छ । एलबममा ‘नारी’, ‘नपिलाउ’, ‘निदै उडेर’, तिमी गई गयौ’, ‘म त हजुर’ गीत समावेश छन् । एलबमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।