

अमेरिकी आइडललाई कोरोना संक्रमण

वाशिंग्टन । ‘अमेरिकन आइडल–२०१९’का विजेता लेन हार्डीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो कुरा उनैले सामाजिकमार्फत जानकारी गराएका छन् ।
लेनले आफूलाई कोरोना देखिएको बारे खुलाउँदै भनेका छन्, ‘डाक्टरले मेरो शरीरमा कोरोना भाइरस रहेको पुष्टि गरेका हुन्, तर सामान्य लक्षणमात्र देखिएको हो ।’