विवादमा मुछिएपछि करणको राजीनामा
काठमाडौं । बलिउडकर्मी सामाजिक सञ्जालमा बहसमा उत्रिएका छन् । ‘नातावाद’को बहसले उनीहरुबीच विवादसमेत चुलि““दै गएको छ । यसैबीच बलिउडका निर्माता करन जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात् मामीलाई आफ्नो राजीनामा सुम्पिएका छन् ।
करण यो फिल्म फेस्टिबलका बोर्ड सदस्य थिए । तर, अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि फिल्म निर्मातामाथि लगातार परिवारवादलाई प्रोत्साहन दिएको आरोप लागिरहेको थियो । उक्त विवादमा मुछिएपछि उनी पछाडि हटेको भारतीय मिडियाले दावी गरेका छन् ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने करणले मामीकी निर्देशक स्मृति किरणलाई राजीनामा मेलमार्फत् पठाएका हुन् । फेस्टिबलकी सभापतिसमेत रहेकी नायिका दीपिका पादुकोणले करणलाई मनाउन पूरा कोसिश गरेको बताइएको छ । तर, करणले दीपिकाको कुरा मानेनन् । मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र कबिर खान समावेश छन् ।
भारतीय केही मिडियाका अनुसार करण बलिउडका सेलिब्रिटीस“ग रिसाएका छन् । उनीमाथि लगातार परिवारवादको आरोप लागिरहेका बेला उनलाई कुनै पनि सेलिब्रिटीले साथ नदिएको बताइन्छ । उनले पछिल्लो केही दिनदेखि आफूलाई ‘लो प्रोफाइल’मा राखिरहेका छन् । उनले ट्वीटरमा ८ व्यक्तिमा अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र आफ्नै कार्यलयका चार सदस्यबाहेक सबैलाई अनफलो गरेका छन् ।
परिवारवादको मुद्दामा शत्रुघ्न सिन्हाले करण् जोहरको समर्थन गरेका छन् । उनले एक अन्तरवार्तामा करनलाई बिना कुनै कारण निशानामा पारिएको बताएका छन् । ‘आलियालाई करणले लञ्च गरेका हुन् । तर आलिया उनको आफन्त होइनन्’ उनले भनेका छन्, ‘तसर्थ यसमा परिवारवादलगायतका केही पनि कुरा छैनन् ।’