“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७७ सम्पन्न

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७७ प्रदान गरिएको छ । सम्मान गायनतर्फ बरिष्ठ गायक कुमार बस्नेत र संगीत तर्फ बरिष्ठ संगीतकार प्रकाश गुरुङलाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको सिटी एक्सप्रेसले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १४ वर्ष देखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *