

रेशम चौधरी रिहाइका लागि आन्दोलनरत पक्षसँग सरकारले थाल्यो वार्ता

काठमाडौं – निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि आन्दोलनरत पक्षसँग सरकारले वार्ता थालेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेसँगै आजैदेखि वार्ता सुरु हुन लागेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु हुन लागेको जानकारी दिए ।
सरकारले मन्त्रिपरिषद् बैठकबाटै बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र सांसद भगवती चौधरी सदस्य रहेको ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।