

के दियो सर्वोच्चले बालुवाटार प्रकरणमा नेपाल र भट्टराईबारे आदेश ? (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सोमबार बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कलप्रति झिकाउने आदेश दिएको हो ।