‘मिस थारु’ लिभा, ‘मिस्टर थारु’ प्रशान्त
काठमाडौं । तेस्रो संस्करणको ‘मिस थारु २०२१’ को उपाधि लिभा चौधरी थारुले जितेकी छन् । चितवनको खैरहनीमा शनिबार सा“झ सम्पन्न ‘ग्राण्ड फिनाले’मा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै लिभाले मिस थारुको उपाधि चुमेकी हुन् ।
कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको प्रश्नको जवाफ दि“दै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहिर्याइदिइन् ।
यस्तै, प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरीले सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् ।
वेस्ट फोटोजेनिक नेहा चौधरी, वेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, वेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, वेस्ट डिसिपिलिन लिभा चौधरी थारु, वेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र वेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन् ।
‘मिस्टर थारु २०२१’ को उपाधि भने प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइ दिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आशकुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे ।
त्यसैगरि वेष्ट फोटोजेनिक विजय चौधरी, वेष्ट ट्यालेन्ट प्रशान्त हुजदार, वेष्ट कल्चरल रिप्रेजेन्टिटिभ हरेन्द्र कुमार चौधरी, बेस्ड डिसिपिलिन कमल कुमार चौधरी, वेष्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस भागवती चौधरी र वेष्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरू प्राप्त गरे । फाइनल प्रतिस्पर्धामा विभिन्न कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।