

छुट्टाछुट्टै स्थानमा डुबेर बालकसहित दुईको मृत्यु

सुनसरी – सुनसरीको इटहरीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । नहरको डिलमा लुगा धुने क्रममा डुबेर इटहरी उपमहानगरपालिका–१८ का ४५ वर्षीय प्रेम चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बाराको निजगढ नगरपालिका–८ ठाडोलाइनमा एक चार वर्षीय बालकको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा आफ्नै घरको छेउमा रहेको उक्त खाल्डोमा डुबेर घाइते भएका बालकलाई उपचारका लागि नेशनल मेडिकल अस्पताल निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।