पूर्णिमाले मिस ब्यूटिफुल जित्दा पवित्राले हात पारिन् मिसेज् व्युटिफुल नेपालको उपाधि

काठमाडौं । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरनेशनल प्रालिले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षत्री मिस ब्युटिफुल नेपाल २०२१ र पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपाल २०२१ भएका छन्।

मिस व्युटिफुल नेपाल २०२१ को ताज चुमेकी पूर्णीमा क्षत्रीले युट्युव मस्ट भ्यूज र मल्टि मिडिया च्वाईस अवार्डको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको मिस व्युटिफुल नेपाल २०२१ मा गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मस्ट आईकोनिक आईज र वेस्ट फिजीक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट ¥याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मस्ट पपुलर, फेसन र्आकन र मस्ट ट्यालेन्ट भएका छन्।

त्यसैगरी सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पंचुअल, विजया रञ्जीत भ्युअर्स च्वाईस र वेस्ट डान्सर, अनिता तामाङ वेस्ट हेयर तथा उषा फुयाँल वेस्ट स्किन भए।

त्यसै गरी बिबाहित महिलाबीचको प्रतियोगितामा पवित्रा वञ्जारा मिसेस व्युटिफुल नेपालका साथमा वेस्ट ¥याम्पवाक, वेस्ट स्किन र मस्ट ट्यालेन्टेड भएकी छिन्। मिसेस व्युटिफुल नेपाल २०२१ मा सुशिला श्रेष्ठ फस्ट रनर्सअपका साथमा वेस्ट स्पीच र मस्ट पञ्चुअल, मञ्जु अधिकारी सेकेन्ड रनर्सअपका साथमा मस्ट एक्टिभ, अन्जु न्यौपाने थर्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक र सरु थापा मस्ट पपुलर चुनिए। प्रतियोगितामा उमा खड्का भ्युअर्स च्वाईस, रोचना राजोपाध्याय मस्ट डिसिप्लेन, मीना महर्जन वेस्ट स्माइल, सिर्जना रुपाखेती पाण्डे वेस्ट डान्सर, उमा खड्का वेस्ट फिजिक, आरती भण्डारी वेस्ट हेयर, झुमा देवी ओली वेस्ट पर्सनालिटी, सरु थापा मल्टिमिडिया च्वाईस अवार्ड र विनीता देउला वेस्ट सिंगर विजेता भए।

कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा अभिनेता सरोज खनाल, गीतकार डा। डिआर उपाध्याय, व्यवसायी सुजन रिमाल, सञ्चारकर्मी अपेक्षा ढुंगाना, मेकअप आर्टिस्ट तारा थापा, मोडल तथा अभिनेत्री करुणा पाण्डे र शिक्षिका कमला चुदारालाई विशेष सम्मान गरिएको थियो। प्रतियोगितामा पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल प्रमूख निर्णायक रहेका थिए भने अभिनेता सरोज खनाल, अभिनेत्री रेजिना उप्रेती, ¥यापर निर्णय एनएसके, मिसेस व्युटिफुल नेपाल २०१८ संगिता बस्याल, सञ्चारकर्मी माधव निर्दोषी र नेपाल सरकारका उपसचिव दुर्गा वञ्जाडे निर्णायक रहेका थिए।

बिबाहित र अबिाहित महिलामा अन्र्तनिहीत प्रतिभा प्रष्फुटनका लागि मिस व्युटिफुल नेपाल र मिसेस व्युटिफुल नेपाल प्रतियोगिता आयोजना गर्दै आएको आयोजक टेकराज पाण्डेले बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *