

नेप्से ७९.७४ अंकले गिरावट

काठमाडाैं – आज साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेकोे परिसूचक ३ बजे सम्ममा ७९.७४ अंकले घटेर २४ सय ७४.३९ को विन्दुमा पुगेको हो ।
आज नेप्सेमा एक करोड ५७ लाख कित्ता सेयर खरिद बिक्री हुदाँ आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। नेप्से घटे पनि विहिबारको तुलानामा कारोबार रकम भने उकालो लागेको छ ।
बिहीबार छ अर्ब बराबरको कारोबार भएकोमा आज दुई अर्ब बढेर आठ अर्ब रूपैयाँको कारोबार भएको हो । आज कारोबारमा आएका कम्पनीहरु मध्य १७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य बढेको छ । आज होटल र टुरिजम समूह बाहेक सबै समूह घटेका छन् ।