भारतमा कोरोनाः सार्कका ७ सदस्य भन्दा भारतमा १ लाख २५ हजार बढी संक्रमित, ८ हजार बढीको मृत्यु



काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अन्य ७ सार्क सदस्य राष्ट्रहरुमा भन्दा भारतमा करिब १ लाख २५ हजार बढीमा संक्रमण देखिएको छ । हालसम्म सार्कका ८ सदस्य राष्टहरुमा ८ लाख ७० हजार ६ सय ६ संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार सार्क क्षेत्रमा सबैभन्दा धेरै संक्रमित भारतमा पुगेका छन् भने मृत्यु हुनेमा पनि भारत नै अग्रस्थानमा रहेको छ । सार्कमा हालसम्म २१ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ । ती मध्ये भारतमा मात्रै १५ हजार ६ सय ४ जनाको मृत्यु भएको छ ।

सार्कका बाँकी ७ देशहरुमा भन्दा भारतमा १ लाख २५ हजार बढीमा संक्रमण देखिएको छ ।
हालसम्म भारतमा ४ लाख ९७ हजार ८ सय २४ जना संक्रमित भएका छन् भने १५ हजार ४ सय ६ जनाको मृत्यु भएको छ । भारत विश्वमा नै संक्रमितको संख्यामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै पाकिस्तानमा हालसम्म १ लाख ९५ हजार ७ सय ४५ जना संक्रमित भएका छन् भने ३ हजार ९ सय ६२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बंगलादेशमा हालसम्म १ लाख ३० हजार ४ सय ७४ जनामा संक्रमण देखिएको छ भने हालसम्म १ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ ।

अर्को सार्क सदस्य राष्ट्र अफगानिस्तानमा हालसम्म ३० हजार ४ सय ५१ जना संक्रमित भएका छन् भने ६ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै सार्क सदस्य राष्ट्र नेपालमा ११ हजार ७ सय ५५ जना संक्रमित पुगेका छन् भने मृतकको संख्या २७ जना पुगेका छन् ।

माल्दिभ्समा हालसम्म २ हजार २ सय ७७ जनामा संक्रमण देखिएको छ भने हालसम्म ८ जनाको मृत्यु भएको छ । त्यस्तै श्रीलंकामा हालसम्म २ हजार १० जना संक्रमित पुगेका छन् भने ११ जनाको मृत्युभएको छ । भुटानमा हालसम्म ७० जनामा संक्रमण देखिएको छ । सार्क सदस्य राष्ट्रमा भुटानमा हालसम्म मृत्यु भएको छैन ।