बौंदीकालीमा जीप दुर्घटना हुँदा तीन घाइते, दाउन्नेमा एकको मृत्यु



बौंदीकाली । नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ भने चार घाइते भएका छन् ।

नवलपुरको बौंदीकालीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बौंदीकाली गाउँपालिका–६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन घाइते भएका छन् ।

घाइते हुनेमा बौदिकाली गाउँपालिका–४ बस्ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

त्यस्तै पूर्वपश्चिम राजमार्गको दाउन्नेमा बुधबार दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको गिरीले बताए ।

विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा ना६ख ५०३५ को बस आँफैं अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो । बस सडक छेउमा खस्दा चालक अचानक खस्दा मृत्यु भएको हो ।

चालक सडकदेखि २०० मिटर तल खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार यात्रु भने सबै सकुशल रहेको उनले बताए ।