

जर्बजस्ती करणी मुद्दाका फरार दुई किशोर पक्राउ

काठमाडौं – जर्बजस्ती करणी मुद्दाका फरार दुई किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–९ बस्ने २० वर्षीय संगम पाँचकोटी र १९ वर्षीय ओम भन्ने अमन धिमाल रहेका छन् ।
उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही क्रममा अदालतको आदेश अनुसार बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।