काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ देखि हुँदै



काठमाडाैं – आगामी फागुन २२ गतेदेखि ‘काठमाडौं मेयर कप–२०७७’ क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा फागुन २२ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने नेपाल क्रिकेट संघका सचिव असोक नाथ प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । गत माघ २ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका ४ वटा सेमिफाइनलिस्ट टिमहरूसँगै काठमाडौं महानगरपालिकाको टिमले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलिस्ट टिममा त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश रहेका छन् । काठमाडौं महानगरपालिकाको टिममा प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त टिम हुनेछन् ।