

विद्यालय प्रवेश गर्नै लाग्दा गेट भत्किएपछि प्रवेशले गुमाए ज्यान

कैलाली । विद्यालय गएर शिक्षा लिएर ठूलो मान्छे बन्ने लक्ष्यसहित विद्यालय गएका ७ वर्षीय प्रवेश रानाले विद्यालयमै ज्यान गुमाउनु परेको छ ।
कैलालीको कैलारी गाउँपालिका –९ गदरियास्थित जनता माध्यमिक विद्यालयको गेट भत्किँदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको मृत्यु भएको हो ।
विद्यालयको मैदानमा विद्यार्थीहरु खेल्ने क्रममा गेट भत्किएपछि रानाको टाउकोमा लागेको थियो । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै सोही ठाउँका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।