

असई रावलले गुमाए ड्युटीमै रहेका अवस्थामा ज्यान

जुम्ला । जुम्लामा प्रहरी सहायक निरीक्षक (असई) भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेको हाटसिञ्जा ईलाका प्रहरी चौकीमा कार्यरत ५१ बर्षिय प्रहरी सहायक निरीक्षक रावलको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार डयूटीमा रहेका रावल विरामी भएका थिए । बाजुराको त्रिवेणी नगरपालिका –१ भूगोचोला स्थायी घर भएका रावललाई शनिबार राति उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा उनको निधन भएको हो । प्रहरी नायव उपरीक्षक (डिएसपी) कामतिका अनुसार रावलको प्रतिष्ठानमा आईतबार विहान ४ः०० बजे निधन भएको थियो ।