

माओवादी केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ ।
हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।
केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।
सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ ।