

बर्दी नै लगाएर हिँड्ने नक्कली इन्स्पेक्टर थापा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टर हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
आफूलाई इन्सपेक्टर भन्दै काठमाडौं मनोहराका सुदीप थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
थापाले इन्स्पेक्टरको परिचयका साथै फुलीसहितको बर्दी नै लगाएर हिँड्ने गरेको समेत खुलेको छ ।
थापाविरुद्ध विदेश पठाउने भनेर तीनजनालाई ६९ लाख ठगी गरेको उजुरी परेपछि प्रहरीको अनुसन्धानमा उनी कहिलेकाहिँ बर्दीमा विभिन्न प्रहरी कार्यालयमा समेत पुग्ने गरेको खुलेको छ ।
प्रहरी कार्यालय पुगेर जुनियर प्रहरीलाई आफु इन्सपेक्टर भएको भन्दै भ्रममा पारेर सलाम समेत गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।