

ड्युटी हिँडेका सशस्त्र बरिष्ठ हवल्दार बेपत्ता !

कञ्चनपुर । कञ्चनपुरका एक सशस्त्र वरिष्ठ हवल्दार बेपत्ता भएका छन् ।
जिल्लाको बेलौरी नगरपालिका-१० भुडा घर भएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार अन्दाजी ४० वर्षीय लोकराज पन्त बेपत्ता भएका हुन् ।
यही पुस १५ गते ड्युटीमा जान्छु भनी सशस्त्र प्रहरी सिराहा गणका लागि घरबाट हिँडेका उनी अहिलेसम्म त्यहाँ नपुगेको खबर पाएको उनका भतिजा सन्तोष पन्तले बताए । उनका अनुसार मानसिक स्वास्थ्य ठिक नरहेका लोकराज लामो समयदेखि घरमै थिए ।
अहिलेसम्म परिवार र कार्यरत ठाउँको सम्पर्कमा नआएकाले उनलाई कसैले देखे नजिकको प्रहरी वा ९७६२४८०७१७ र ९८४८७७७९१२ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।