

मानसिंह र शर्मिला भेटिए एकैठाउँमा मृतावस्थामा, सातादिनअघि घरबाट भागेका थिए

दैलेख । दैलेखमा एक साता अघि घरबाट भागेका किशोर र किशोरी एकैस्थानमा मृत भेटिएका छन् ।
भगवतीमाई गाउँपालिका वडा नं. ४ का कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीय मानसिंह विक र सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत सोही उमेरकी शर्मिला थापा घरबाट केही टाढाको जंगलमा मृत भेटिएको जनाइएको छ ।
उनीहरू पुष १३ गते घरबाट भागेका थिए । घरभन्दा केही टाढा पर्ने जङ्गलमा शनिबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालले बताए । उनका अनुसार दुवैबीच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न नदिएको होकि भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।