

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।
‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, उनले फेसबुुकमा लेखेका छन्, ञराष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’
पुर्व प्रमुख खनाल एमालेमा प्रवेश गरे पछि उनलाई २-२ पटक टिकट दिईएको थियो । काठमाडौं-६ र तनहुँ बाट टिकट दिए पनि उनी दुवै स्थानवाट लज्जास्पद मतान्तरले पराजित भएका थिए ।