

सईसहित यी १२ प्रहरीलाई हेडक्वार्टरको निर्देशन, ‘७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउनु’

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
प्रधान कार्यालयले एक सूचना जारी गर्दै लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नहुने १२ जना कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा स्पष्टीकरणसहित उपस्थित नभए जागिरबाट हटाउने चेतावनी दिँदै सूचना जारी गरेको छ ।
हाजिर नहुनेमा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायब निरीक्षक (सई) सम्म रहेका छन् ।
सूचनाः