

जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर करनले गुमाए ज्यान

कैलाली । कैलालीमा जुवाखालबाट भाग्नेक्रममा एक जनाको भिरबाट खसेर मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्ने क्रममा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिँ भण्डारीले बताए ।
उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो ।
प्रहरी निरीक्षक भण्डारीले विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको पाइएको बताए । विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।