नेपाल फिसरिज टेक्निसियन एशोसिएसनको दोश्रो साधारणसभा सम्पन्न
चितवन । नेपाल फिसरिज टेक्निसियन एशोसिएसन (नेफ़्टा) को दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
चितवनको भरतपुरस्थित कृषि विकास कार्यालयको सभाहलमा सम्पन्न साधारणासभामा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको कृषि क्षेत्रको सहयोगी तथा द्रुत गतिमा अगाडी बढिरहेको मत्स्य क्षेत्रको बिकास एवं विस्तारमा मत्स्य अनुसन्धान, प्रसार, प्रविधि विस्तार कार्यमा सक्रिय रुपमा संलग्न प्राविधिक, अनुसन्धानकर्ता, मत्स्य तथा मत्स्यजन्य उद्योगमा संलग्न प्राविधिकहरुको सर्वाङ्गिण बिकास, पेशागत हकहित संरक्षण तथा उत्थानको लागि स्थापित उक्त संस्थामा आबद्ध सम्पूर्ण प्राविधिकका साथै कृषक व्यवसायी, उद्यमी समेतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना निर्देशक एवं सह-सचिव (मत्स्य) बैकुण्ठ अधिकारीको प्रमूख अतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल मत्स्य समाजका अध्यक्ष प्रा. डा. शुनिला राई, केन्द्रीय मत्स्य प्रवर्द्वन तथा संरक्षण केन्द्रका प्रमूख सरिता गौतम, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेशका निर्देशक जागेश्वर यादवको विशिष्ट आतिथिका रूपमा उपस्थित थिए । साथै विभिन्न कार्यालयका प्रमूख, नेफ़्टाका सल्लाहकार, मत्स्य क्षेत्रका प्राविधिक, कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत मत्स्य विज्ञान विधार्थी संघ का अध्यक्ष लागायत विधार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन साथै आर्थिक प्रतिवेदन क्रमश: संस्थाका अध्यक्ष रमेश जैसवाल र संस्थाका कोषाध्यक्ष लाक्पा रिदर भोटे सैचाले पेश गरि सर्वसहमत रुपमा सभाबाट पारित गरिएको थियो ।
साथै, भावी योजना तथा विभिन्न आगामी कार्यक्रम एजेण्डा क्रमश: लोक सेवा आयोग (संघ तथा प्रदेश) अन्तर्गत मत्स्य विकास अधिकृतको पदपूर्तिको लागि मत्स्य विज्ञान मूल विषयमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका प्राविधिकहरुले मात्र दिन पाउनुपर्ने मागमा NEFIS तथा NAFSA संग सहकार्य गरि लोक सेवा कार्यालयमा ध्यानाकर्षण पत्र भौतिक उपस्थितिमा पेश गर्ने, सरकारका विभन्न नीतिगत वहस तथा अन्तरक्रियामा सहभागी हुने साथै यस प्रकारका विभिन्न कार्यक्रममा नेपाल मत्स्य समाज सँग सहकार्य गर्ने, मत्स्य कृषकहरुको उन्नति तथा मत्स्य क्षेत्रको विकास लगायतका विषयमा छलफल भएको थियो ।
साथै कृषकको अगुवाईमा पूर्ण साथ सहित कार्यान्वयनको लागि जोड दिने, मत्स्य प्राविधिकहरुको संघ, प्रदेश र स्थानिय तहमा दरबन्दी पदपूर्ति साथै नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत मत्स्य वैज्ञानिक तथा प्राविधिक अधिकृत, प्राविधिकहरुको पदपूर्तिको लागि आवश्यक समन्वय तथा ध्यानाकर्षण अन्य संस्थाहरुसंगको सहकार्यमा गर्ने लगायत सरकारी सेवा संलग्न मत्स्य प्राविधिकहरुको उच्च शिक्षाको लागि माथिल्लो निकार्यसंग माग तथा समन्वय गर्ने एजेण्डामाथि छलफल गरि कार्यन्वयन हुनेगरी निर्णय भएको छ ।