प्रहरीका पूर्वसई बोगटीको उपचारका क्रममा निधन

धनगढी । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब निरीक्षक (सई) एवं देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ।

वरिष्ठ कलाकार बोगटीको सडक दुर्घटनामा परी घाईते भएपछि उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो।

भदौ ३१ गते राति हायसले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

धनगढी उपमहानगरपालिका–६ जालीमा ०१-०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो।

उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *