लहानमा मनाइयो संविधान दिवस, साँझ दीपावली गरिने



लहान । आज नवौं संविधान दिवस देशभर मनाइँदैछ । यसै अवसरमा सिराहाको लहान नगरपालिकाले पनि वृक्षारोपण गरी संविधान दिवस मनाएको छ ।

लहान नगरपालिकाका मेयर महेशकुमार चौधरीको उपस्थितिमा बिहीबार नगरपालिकाको झण्डा फहराएर नगरपालिका कार्यालयपपरिसमा वृक्षरोपण गरेको संविधान दिवस मनाइएको हो ।

यसका साथै नगर क्षेत्रभित्र साँझ दीपावली गरेर संविधान दिवस मनाइने पनि मेयर चौधरीले जनाए । २०७२ साल असोज ३ गते वर्तमान संविधान जारी भएको दिनलाई विशेष दिनको रुपमा मनाइँदै आएको छ ।

सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ । त्यसैले असोज ३ मा देशभर सार्वजनिक बिदा समेत दिने गरेको छ ।