किरण र आश्माको ‘प्यारो मान्छे’मा आर्यन र सुनिताको रोमान्स



काठमाडौं । नेपाली सांगीतिक बजारमा प्रेमिल भावको नयाँ आधुनिक गीत ‘प्यारो मान्छे’ सार्वजनिक भएको छ । गायक किरण भुजेल र आश्मा विश्वकर्माको स्वरमा सार्वजनिक भएको ‘प्यारो मान्छे’को शब्द भने सन्दीप खनालको रहेको छ ।

केशव विश्वकर्माले संगीत दिएको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल सुनिता तामाङले अभिनय गरेका छन् । प्रेमिलभावको उक्त गीतमा यी दुई जोडीको रोमान्स देखाउने काम निर्देशक सियोन श्रेष्ठले गरेका छन् ।

केशव विश्वकर्माकै छायांकन रहेको उक्त भिडियाको सम्पादन दिनसन शाहले गरेका छन् । त्यस्तै गीतको रेकर्ड रञ्जन राईले गरेका छन् भने एरेन्ज विशाल निरौलले गरेका छन् ।

मनोज परियारको मिक्सिङ रहेको उक्त गीत युनिक इन्टरटेनबाट बजारमा आएको हो ।