सशस्त्रका २ डीआईजीसहित १६ उच्च अधिकृत अनिवार्य अवकाशमा



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १६ जना अधिकृतहरु अवकाशमा गएका छन्।

सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीको इजलासबाट तत्काललाई ३० वर्षेअवधि कायम हुने आदेश भएपछि आइतबारबाट १६ जना अधिकृत अवकाशमा गएका हुन्।

न्यायधीश सुवेदीको एकल इजलासबाट सशस्त्रमा ३० वर्षे सेवा अवधि कायमै रहेको जनाउँदै कारण देखाउ आदेश दिएसँगै सशस्त्रमा ३० वर्षे सेवा कायम रहेको थियो ।

सो आदेश खारेजसँगै सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराईसहित १६ अधिकृतहरू घर गएका छन्। शनिबार बिदा भएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको छ।

अवकाश पाउनेमा एसएसपी विश्वकुमार भट्टराई, एसपीहरु दिपेन्द्र गिरी, अम्बरबहादुर एैर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ, त्रिभुवन विष्ट, उद्धब बहादुर रावल, पूर्णबहादुर साउद, धनबहादुर सिंह रहेका छन् । त्यस्तै विशेष बढुवा भएका दुई एसपी भीमबहादुर चौधरी, महेन्द्रराज भारती पनि अवकाशमा गएका छन् ।

त्यस्तै डिएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाहीले पनि अवकाश पाएका छन् ।