

सशस्त्रका तीन एआईजीको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)को सरुवा भएको छ ।
हालै बसेको मन्त्रीपरिषद्ले सशस्त्रका एआईजीको सरुवा गरेको हो ।
सशस्त्र एआईजी नारायणदत्त पौडेललाई कार्य विभागको जिम्मेवारी दिइएको छ भने वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ ।
त्यस्तै चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।