जापानी राजदूत युताका भन्छन्, ‘जानका हरेक कार्यक्रम प्रभावकारी छन्’



काठमाडौं । जापानका राजदूत युताका किकुताले नेपाल जाइका अमनाई एसोसियसन (जान) ले कार्यान्वयन गर्ने कार्यक्रमहरु सबै अत्यन्त प्रभावकारी हुने बताएका छन् ।

शनिबार जानले आयोजना गरेको “Healthy Living in Todays’s World” विषयक चेतनामुलक सेमिनारको अवसरमा राजदुत युताकाले जानले कार्यान्वयन गर्ने सबै कार्यक्रमहरु अत्यन्त प्रभावकारी हुने बताउँदै यो सेमिनारको विषय पनि सान्दर्भिक र महत्वपूर्ण रहेको बताए ।

No description available.राजदुत युताकाले जापानले नेपाललाई अरु विभिन्न क्षेत्रको साथ-साथै स्वास्थ्यका क्षेत्रमा पनि सहयोग गर्दै आएको र हाल काठमाडौंको लागि सफा पानी र सफा हावा (Clean Water & Clean Air) को समस्या रहेकोले यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

No description available.उक्त सेमिनारमा उपस्थित भएका डा. ओममूर्ति अनिलले आफुलाई मन पर्ने र खुशी हुने खालका कामहरु गर्दा स्वस्थ रहन सहयोग पुग्ने भएकोले खास गरी सेवा निवृत्त व्यक्तिहरुले जान जस्तो सामाजिक संस्थामा आबद्ध भै राम्रा काममा लाग्नु पर्ने सुझाव दिए । उनले स्वस्थ रहनको लागि आफुलाई सधैं सक्रिय राख्नु पर्ने र उमेर बढी भएका व्यक्तिहरुलाई रिस, घृणा र नकरात्मक सोच हानिकारक हुने भएकोले यस्ता कुराहरुबाट टाढा रहनु पर्ने बताए ।

No description available.त्यस्तै कार्यक्रममा उपस्थित भएका डा. शेरबहादूर पुनले विगतका स्वास्थ्य समस्याबाट आम मानिसले केही पाठ नसिकेको बताए । उनले भने, ‘हामीले भुकम्प र कोभिड –१९ मा धेरै दुःख भोग्यौ तर विगतबाट पाठ सिकेनौ भन्दै अहिले स्वास्थ्य क्षेत्रमा ठूलो समस्याको रुपमा “डेङ्गु” रहेकोले यसबाट सतर्क रहन पर्छ ।’ अहिले संसारमा विभिन्न देशहरुमा मन्की पक्सको समस्या रहेको तर हालको अवस्थामा नेपालको लागि (-M-Pox) भन्दा डेङ्गुको बढी जोखिम रहेको बताए । साथै उनले नेपालमा भएका अस्पतालहरुलाई व्यवस्थित बनाउन सबैको ध्यान जानुपर्ने बताए ।

No description available.जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले समसामयिक सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारको आयोजना गर्दै आएको र यो स्वास्थ्य सम्बन्धि चेतनामुलक सेमिनार पनि जानका सदस्यहरु र समुदायका व्यक्ति सबैको लागि उपयोगी हुने विश्वास व्यक्त गरे । अध्यक्ष भुसालले स्वस्थ शरीर विनाको जीवन निरास र कठीन हुने भएकोले सहभागीहरु आफु र आफ्नो परिवारलाई स्वस्थ राख्न सहयोग पुगोस भन्ने उद्देश्यले जानले यो सेमिनारको आयोजना गरेको बताए ।

सेमिनारमा जाइका नेपालका प्रमुख मिजुकी माच्चुजाकी  नेपाल सरकारका सचिव गोकर्णमणि दवाडी, जापानी राजदूतावास, जाइका नेपाल र नेपाल सरकारका उच्च अधिकृतहरु, जानका सदस्यहरु तथा समुदायका व्यक्तिहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो ।