लायन्स क्लब अफ काठमाडौंको आयोजनामा रक्तदान कार्यक्रम



काठमाडौं । लायन्स क्लब अफ काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

सामाजिक कार्यको पर्यायबाची बनेको लायन्स क्लबले आम मानिसहरुको उपचारका लागि अत्यावश्यक रगत संकलन गर्ने उद्देश्यसहित रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको क्लबका सदस्य सन्तोष न्यौपानेले जनाए ।

विशेष गरी यस वर्षको बाढी, पहिरो, दुर्घटनाजन्य कारणले नेपालमा भएको रक्त अभावमा केही हदसम्म सहयोग गर्ने उद्देश्यसहित रक्तदान कार्यक्रमको आयोजना  गरिएक पनि न्याैपानेले जनाए ।

क्लबले भोलि अर्थात् यही भदौ १ गते राजधानीको गैरीधारामा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई मानवीय कार्यमा सहभागी हुन आह्वान गरेको छ ।

रक्तदान कार्यक्रम राजधानीको गैरीधारास्थित द मिनिस्ट्री क्याफे एण्ड बारमा दिउँसो १ बजेदेखि सुरु हुने पनि न्यौपानेले जनाए ।