

नवलपुर बोर्डिङमा महावीर पुनको भव्य स्वागत, शिक्षक र विद्यार्थीको पुनसँग अन्तरक्रिया

चोरमारा । नवलपुर सेकेन्डरी बोर्डिङ स्कुलले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक डा. महाविर पुनसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्वीं नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारा अवस्थित बोर्डिङले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि देशव्यापी रुपमा आफ्नो जीवनगाथा समेटिएको पुस्तक बिक्री गर्दै हिँडेका पुनलाई विद्यालयमै स्वागत गरी उनको अभियानलाई साथ दिएको हो ।
विद्यालयमा शुक्रबार बिहान पुगेका पुनलाई विद्यार्थी एवं विद्यालयका कर्मचारीहरुले स्वागत गरेको प्रिन्सिपल देवीलाल पाठकले जनाए । उक्त अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाका साथै कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा शिक्षक एवं विद्यार्थीहरुले पुनद्वारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नाम पुस्तक खरिद गरेर वीरगञ्ज कृषि औजार कारखाना पुननिर्माणमा सहभागि भएका थिए ।
पुस्तक बिक्रीको अभियानमा हिँडेका पुन अहिले पूर्वी नवलपुरका विभिन्न स्थानमा रहेका छन् ।