

सशस्त्र इन्स्पेक्टर सुरजले चुमे सगरमाथाको चुचुरो
सर्वोच्च शिखरमा फर्फरायो सशस्त्रको झण्डा

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर इतिहास रच्न सफल भएका छन् ।
इन्स्पेकटर पौडेल सशस्त्र प्रहरीको इतिहासमा सबैभन्दा पहिलोपटक सगरमाथा आरोहण गर्न सफल भएका हुन् । उनले सशस्त्र प्रहरी बलको झन्डा समेत शिखरमा फर्फराएका छन् ।
सि.सं. ९ का अधिकृत पौडेलले सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको जनाइएको छ ।
उनले सशस्त्र प्रहरी बलका तर्फबाट पहिलोपटक सगरमाथा आरोहणको रेकर्ड बनाएका छन् ।
यसअघि नेपाल प्रहरीका सई पुरुषोत्तम नेपालीले सगरमाथा आरोहण गरेका थिए ।