

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ ।
प्रधानमन्त्री दाहालले पछिल्लो डेढ वर्षमा चौथोपटक विश्वासको मत लिएका हुन् ।
प्रतिनिधिसभा संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत लिने बेला बहिष्कार गरेको थियो ।