सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेलाई दिईएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि डिआईजी न्यौपानेलाई सो जिम्मेवारी दिईएको हो ।

नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपती  थिए ।

उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने पनि सशस्त्रद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *