

बौंदीकालीबाट एकनाले भरूवा बन्दुकसहित सिंजाली पक्राउ

डेढगाउँ । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-६ पोखरीछाप बस्ने ५६ वर्षीय चन्द्र बहादुर सिंजाली मगरलाई एकनाले भरूवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय डेढगाउँबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित डेढगाउँबाट नरम जाने बाटोमा उक्त बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।